Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

एमाले अध्यक्ष ओलीलाई लुम्बिनीको पर्सामा स्वागत,


  • लुम्बिनी चिन्तन
  • पौष ६, २०७८ मंगलवार
  • 710
    SHARES

एमाले अध्यक्ष ओलीलाई लुम्बिनीको पर्सामा स्वागत,

लुम्बिनी ६ पुस ।

नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई  लुम्बिनीको पर्सा चौराहामा स्वागत गरिएको छ ।

मंगलवार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित जनता समाजवादीका नेतासहितलाई पार्टी प्रवेशका लागि जाने क्रममा नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर कमिटीले ओली लगायतका नेतालाई स्वागत गरेका हुन् ।

oli lll.jpg

नगर कमिटी अध्यक्ष निसार अहमद, नेकपा एमाले जिल्ला सचिवालय सदस्य रामचन्द्र यादव लगायका नेता सहित ठुलो संख्यामा उपस्थित लुम्बिनी वासीले ओलीलाई स्वागत गरेका थिए । सोही अवसर नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लुम्बिनीको विकास आफ्नो पहिलो प्राथमिकता भएको बताए । लुम्बिनी आफुलाई सबैभन्दा बढी मन पर्ने स्थान भएकोले यहांका आम नागरिकसंग आफ्नो भावनात्मक नाता भएको महसुस हुने अध्यक्ष ओलीको भनाई थियो । सोही अवसरमा बोल्दै लुम्बिनी गुरु योजना पुरा गर्न आफु लागि परेको बताए ।

नेकपा एमाले अध्यक्ष ओलीले एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेता÷कार्यकर्तालाई स्वागतका लागि ओली रुपन्देही हुदै कपिलवस्तु आएको एमाले सचिव छविलाल विश्वकर्माले बताए ।

अध्यक्ष ओलीसंगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा छन् । एमालेको शीर्ष नेतृत्व सोमबार साँझ रुपन्देही आएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार