Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिए


  • लुम्बिनी चिन्तन
  • पौष १, २०७८ बिहिवार
  • 400
    SHARES

रक्षामन्त्री मीनेन्द्र रिजालले  राजीनामा दिए

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका  छन्। नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै रिजालले पदबाट राजीनामा दिएका हुन्। उनले मतपरिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन्। यसअघि उनले ट्विट गर्दै अन्तिम परिणाम प्राप्त हुनासाथ राजीनामा दिने घोषणा गरेका थिए।

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। रिजालले ८०९ मत प्राप्त गरेका थिए।

शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दिएका उनी ठूला मतान्तरले पराजित भए । प्रारम्भिक मत परिणाममा आफू पराजित हुने संकेत देखेसँगै उनले राजीनामा दिने घोषणा गरे । अन्तिम मत परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका छन् ।

लगतै रक्षामन्त्रालयमा पत्रकार सम्मेलन गरेका रिजालले भावावेशमा निर्णय नलिएको बताए । उनका अनुसार पार्टीका नेताद्धय रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोधेका थिए भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साच्चै (राजीनामा) गर्ने हो र ? भनेर प्रश्न गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार