Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै


  • लुम्बिनी चिन्तन
  • पौष १, २०७८ बिहिवार
  • 442
    SHARES

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

१ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।

१४९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ९५५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६६० मत पाएका छन् । प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४९ र मिनेन्द्र रिजालले २७५ मत पाएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार