Logo
२०८३, कार्तिक ८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ८ गते

सेन्ट्रल लुम्बिनी ट्रेडलिंक प्रा.लिद्धारा दोस्रो वार्षिक उत्सव मनाईयो ।


  • लुम्बिनी चिन्तन
  • मंसिर २८, २०७८ मंगलवार
  • 1.2K
    SHARES

भैरहवा, मंसिर २७

भैरहवामा प्रधान कार्यालय रहेको सेन्ट्रल लुम्बिनी ट्रेडलिंक प्रा.लिले आफ्नो  दोस्रो वार्षिक उत्सव भव्य रुपमा मनाएको छ ।

नेपाली उत्पादलाई बजारीकरण गर्दै सहज र शुलभ रुपमा उपभोतmामाझ पुर्याउने उद्देश्य रहेको ट्रेडलिंकले आफ्ना दुई वर्षमा प्राप्त गरेका सफलतालाई खुशीसाथ आदान प्रदान गरी वार्षिक उत्सव मनाईएको  सेन्ट्रल लुम्बिनी ट्रेडलिंक प्रा.लि का संचालक  डा. बद्री गुप्ताले जानकारी दिए ।

सेन्ट्रल लुम्बिनी ट्रेडलिंकले देशका ठुला सहरमा आफ्ना शाखाहरु विस्तार गरी सेवा दिदै आईरहेको उनले बताए  युनिलिभर नेपालका उत्पादनदेखि अन्य ठुला उत्पादन कम्पनीहरुसंग सहकार्य गरी सेवा प्रदान गर्दै आईरहेको सेन्ट्रल लुम्बिनी ट्रेडलिंकले युवाहरुलाई रोजगारी समेत प्रदान गरेको छ ।

भैरहवा  क्षेत्रका अब्बल व्यवसायीहरु विष्णु शर्मा, बैजनाथ सिंह, ऋषि गुप्ता, प्रभात गुग्ताको संयुतm लगानीमा संचालित सेन्ट्रल लुम्बिनी ट्रेडलिंकले युनिलिभर नेपालका उत्पादनहरुको बजारीकरण गर्दै आईरहेको छ । यसका अलावा अन्य धरै कम्पनीहरुसंग साझेदारी गरिएको संचालकहरुको भनाई छ ।

सेन्ट्रल लुम्बिनी ट्रेडलिंकले भैरहवास्थित होटल पौवामा विषेश कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार