नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनबाट राष्ट्रिय सरकार बनाउनका लागि अहिले आफूलाई जिताउन आग्रह गरेका छन् ।
पार्टीको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई सभापतिमा आफू निर्वाचित भए गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने दाबी गरे। उनले त्यसको जिम्मा आफूले लिनेसमेत बताए।