Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रधानन्यायाधीशको बहिर्गमनपछि मात्र न्यायालय सुधार हुन्छ : नेपाल बार


  • लुम्बिनी चिन्तन
  • मंसिर २४, २०७८ शुक्रवार
  • 350
    SHARES

प्रधानन्यायाधीशको बहिर्गमनपछि मात्र न्यायालय सुधार हुन्छ : नेपाल बार

२४ मंसिर, काठमाडौं ।

नेपाल बार एशोसिएसनले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता र निष्पक्षता कायम गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई महाभियोग लगाउन माग गरेको छ ।

अन्तर्राष्ट्रिय अधिकार दिवसको अवसरमा बारले मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत १६ बुँदे घोषणापत्र जारी गरेको हो । उक्त घोषणामा नेपाल बारले न्यायालय सुधारका लागि भन्दै केही महिनायता उठाएका मागहरु समावेश छन् ।

१६ बुँदे घोषणापत्रमा भनिएको छ, ‘न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं विचौलिया अन्त्य गर्न आवश्यक तथा प्रभावकारी कदम चाल्न यो सम्मेलन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

बारले प्रधानन्यायाधीश जबराको बहिर्गमनपछि मात्रै न्यायपालिकाभित्र सुधारको प्रयास सम्भव हुने भन्दै बारको मानव अधिकार समितिले अहिले नेपाल बार एशोसिएसनले शुरु गरेको आन्दोलनलाई निरन्तरता दिन पनि सुझाव दिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार