Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

देउवालाई ओलीको सुझाव : प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुस्


  • लुम्बिनी चिन्तन
  • मंसिर २४, २०७८ शुक्रवार
  • 398
    SHARES

देउवालाई ओलीको सुझाव : प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुस्

काठमाडौं मङ्सिर २४ .

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस आफ्नो नीतिमा अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन समारोहमा बोल्दै उनले सबैलाई साथ लिएर जाँदा कांग्रेसले आफ्नो नीति भुल्न लागेको बताएका हुन्। पूर्व प्रधानमन्त्री ओलीले नीति अनुसार कांग्रेसलाई अगाडि बढ्न सझाव दिए। 

उनले प्रधानमन्त्री शेर वहादुर देउवालाई प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनु सुझाव पनि दिए। ‘म आज कांग्रेसलाई शुभकामना दिन आएको हुँ वादविवाद गर्न चाहन्न,’ उनले भने, ‘नेपाली कांग्रेसकै साथमा एमाले छ, संघीय गणतन्त्र ल्याउने, नागरिक स्वाभविमान स्थापित गर्ने, देश विकास गर्ने महत्वपूर्ण अभिभारा यीनै दललले लिएका छन्, सहि दिशामा लैजाने अभिभारा पनि यीनै पार्टीको काधमा छ।’ 
 
उनले वर्तमान नेपाल पहिलेकै स्थानमा नरहेको बताउँदै राष्ट्रियता, लोकतन्त्राको संरक्षण, विकास, सुशासन, स्थितरता, सामाजिक न्यायलगायत क्षेत्रमा परिवर्तन आएको बताए। तर अहिले पनि नेपालका नागरिकले नागरिक स्वाभिमान विर्सने सिद्धान्त हावी भएको ओलीको धारणा छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले नेताहरु आउँदा चोर आए भनेर जनताले भन्न थालेको भनाई प्रति ओलीले टिप्पणी गरे। ‘हरेक नेता चोर हुन्छन् भन्ने होइन, भर्खर भर्खर छानिएकोले रापतापमा यस्तो भएको होला, बर्खर जन्मेको बाछो हिड्दन जान्दैन अलि बढि कुद्छ,’ उनले लिङ्देनलाई व्यंग्य गरे। उनले एमाले एक्लै हिँड्न रहर नगरेको भन्दै मिलेर अघि बढ्नुपर्ने बताएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार