Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेस महाधिवेशन शुरु


  • लुम्बिनी चिन्तन
  • मंसिर २४, २०७८ शुक्रवार
  • 622
    SHARES

कांग्रेस महाधिवेशन शुरु

२४ मंसिर, काठमाडौ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माले)का महासचिव सीपी मैनाली सहितका नेताहरु सहभागी भएका छन् ।

त्यस्तै भारतलगायत विभिन्न देशबाट त्यहाँका राजनीतिक दलका नेताहरु पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिन आएका छन् । भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार