Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेस महाधिवेशन अन्तरगत लुम्बिनीमा पौडेल पक्षको प्यानल सार्बजनीक ।


  • लुम्बिनी चिन्तन
  • मंसिर १६, २०७८ बिहिवार
  • 1.3K
    SHARES

कांग्रेस महाधिवेशन अन्तरगत लुम्बिनीमा पौडेल पक्षको प्यानल  सार्बजनीक ।

भैरहवा मंसिर १६,
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महाधिबेशनमा रामचन्द्र पौडेल पक्षको उम्मेदवारहरू टुङ्गो लागेको छ । उक्त समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो । तयार पारेको नामावली अनुसार सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेद्वारी दिने भएका छन् ।
यसैगरी २ जना महामन्त्रीहरुमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु) ले उम्मेद्वारी दिने भएका छन् । ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) ले उम्मेद्वारी दिने भएका छन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार