भैरहवा मंसिर १६
नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार शाहको नेतृत्वमा प्यानलको घोषणा भएको छ । भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि प्यानल उमेदवार सार्वजनिक गरिएको हो । प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएका छन् ।
यस्तै, महामन्त्रीमा पनि २ पदको लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी दिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । सह महामन्त्रीमा १ महिला सहित ३ पदको लागि रुपन्देहीकि सरिता चौधरी ,बाके माया पुन र बाकेकै लक्ष्मी नारायण शाहले उम्मेदवारी दिने नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले जानकारी दिनु भयो ।