Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

मुलुक अब चुनाबतर्फ : प्रचण्ड


  • लुम्बिनी चिन्तन
  • मंसिर १४, २०७८ मंगलवार
  • 794
    SHARES

मुलुक अब चुनाबतर्फ : प्रचण्ड

भैरहवा मंसिर १४,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक चुनाबतर्फ गएको बताएका छन्। बुटवलमा माओवादी नेता स्व रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै उनले दलहरू महाधिवेशनमा गएको र ती महाधिवेशनले चुनाबी तयारी गर्न थालिसकेको बताए। "मुलुक चुनाबतिर गईसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्-उनले भने-चुनाबलाई निष्पक्ष र धाधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ।" उनले समाजवाद उन्मुख भईसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए। "संविधानको समावेशी र समानुपातिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै जनताका चाहना पूरा गर्न सहकार्य र सहमतिको खाँचो छ, उनले भने। उनले नेता बञ्जाडेको योगदानको चर्चा गर्दै योद्धाहरूको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको बताए। नेता बञ्जाडेको बुटवलमा दुर्घटनामा परी मृत्यु भएको थियो। बिहान रूपन्देही आएका प्रचण्ड आजै रूपन्देहीमै कार्यकर्तालाई प्रशिक्षण दिने र पार्टी प्रवेश गर्ने कार्यक्रममा सहभागी हुनेछन्।


लुम्बिनी चिन्तन

थप समाचार