Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भैरहवामा कांग्रेसको मतगणना स्थलमा बिवाद ,पाँच घाइते ।


  • लुम्बिनी चिन्तन
  • मंसिर ४, २०७८ शनिवार
  • 872
    SHARES

भैरहवामा कांग्रेसको मतगणना स्थलमा बिवाद ,पाँच घाइते ।

भैरहवा मंसिर ४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ’क’ को मतगणना चलिरहेको अवस्थामा झडप हुँदा पाँच जना घाइते भएका छन् । कांग्रेसको पार्टी कार्यालय भैरहवामा भएको मतगणनाका क्रममा गएराती साढे २ बजे झडप भएको हो । झडपमा रामचन्द्र पौडेल पक्षका कार्यकर्ता घाइते भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले आक्रमण गर्दा क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ घाइते भएको पौडेल पक्षले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाकमा चोट लागेको छ ।
प्रदेश ३ ’क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरण श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचन सकिएपछि हिजो साँझदेखि नै मतगणना सुरु भएको थियो । सदस्यहरुको मतगणना सकेर पदाधिकारीको मतगणना शुरु गर्दा आक्रमण भएको थियो । एक सय मत गणना गर्दा थापाको १६ मत बढी रहेको दाबी कार्यकर्ताको छ । 
पौडेल पक्षका सभापति पदका उम्मेदवार पुरन श्रेष्ठले सोम गुरुङको नेतृत्वमा आएको टोलिले आक्रमण गरेको बताए । आक्रमणमा उत्रिएको समूहले जेनेटर बन्द गरी आक्रमण गरेको थियो । यहाँ कांग्रेसको नेतृत्व चयन गर्न ३३८ मतदाता रहेका छन् । झडपका कारण अहिले मतगणना कार्य स्थगित गरिएको छ । घटना बारे सुरेन्द्र जंग थापा संग बुझन प्रयास गर्दा उहाको मोबाईल अफ थियो ।


लुम्बिनी चिन्तन

थप समाचार