Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बन्दले बजार प्रभावित, सडकहरु सुनसान


  • लुम्बिनी चिन्तन
  • कार्तिक ३०, २०७८ मंगलवार
  • 578
    SHARES

बन्दले बजार प्रभावित, सडकहरु सुनसान

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि बजार प्रभावित भएका छ।

भैरहवा बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् । निजि सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् भने सार्वजनिक कुनै सवारी साधन चलेका छैनन् ।छोटो तथा लामो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । चोक चोकमा सुरक्षाकर्मि परिचालन गरिएको छ । तथापी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन।

रुपन्देहीको सदरमुकाम समेत रहेकाे भैरहवाको जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारीसाधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक सवारीसाधन कम मात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

विशेषगरी लामो दूरीकाे यात्रुले बिहानै सास्ती भोगेका छन् ।निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् ।

विभिन्न जिल्लाबाट काठमाण्डौ आइपुगेका यात्रु काठमाण्डौका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि  पाउन सकेका छैनन् ।

यस्तै अत्यावश्यक कामले काठमाण्डौ बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाण्डौबाट छुट्ने गाडी भने नगन्य रहेका छन् ।  

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले  फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् । 

अत्यवश्यक बस्तु मानिएका पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता माग राखिएकाले जनताले बन्द सफल पार्ने पार्टीले बताएको छ । जनताका मागकै आधारमा बन्द आव्हान गरिएको जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार