Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राप्रपा लुम्बिनी प्रदेशकाे अध्यक्षमा उदय, ६२ मतले विजयी


  • लुम्बिनी चिन्तन
  • कार्तिक २९, २०७८ सोमवार
  • 644
    SHARES

राप्रपा लुम्बिनी प्रदेशकाे अध्यक्षमा उदय, ६२ मतले विजयी

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रदिप कुमार उदय  ६२ मतले निर्वाचित भएका छन् । अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि सोमबार सम्पन्न निर्वाचनमा २५६ मत प्राप्त गरी उदय निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्षका अर्का उम्मेदवार ऋषिराज देवकोटाले १९४ मत प्राप्त गरे ।

४८४ मत खसेको ३४ मत मदर भएको  प्रमुख निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकले बताए । अध्यक्षमा निर्वाचित प्रदिप उदय रुपन्देही निवासी हुन् । उनी राप्रपा लुम्बिनी प्रदेशको तदर्थ समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए । त्यस्तै अध्यक्षमा पराजित देवकोटा बाँके निवासी हुन् ।

त्यस्तै राप्रपा लुम्बिनी प्रदेश सदस्यमा रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्व प्रकाश श्रेष्ठ, बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा के.सी., नर बहादुर नेपाली, धर्मराज शाह, कपिलवस्तुका दीपक रजौरीया, सइज अहमद शाह, कनिज फातमा, बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेश बहादुर सिंह, विष्णु सिंह ठकुरी, तिलक बहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव, पाल्पाका भोजेन्द्र बहादुर कुँवर, तेज प्रसाद पाण्डे (विष्णु), दाङका भूपाल रावत, प्याउली के.सी., हिरालाल खड्का, गेहेन्द्र बहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय के.सी., यज्ञराज पाण्डे, अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देव विक्रम शाह, प्यूठानका सुरज घिमिरे र सूर्य बहादुर पुन सर्वसम्मत निर्वाचित भएका छन् ।

राप्रपा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आइतबारदेखि भैरहवामा सुरु भएको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार