भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजन तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा निकासीकर्ता उद्योगिहरुलाई लक्षित गरी उत्पत्ती प्रमाण पत्र जारी सम्बन्धि अनलाईन प्रक्रियावारे दुइ दिने तालिम संचालन भएको छ ।
तालिमको समुद्घाटन कार्यक्रम संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । निकासी कर्ता उद्योगहरुलाई समय अनुसार आवश्यक रहेको अनलाईन प्रक्रियावारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघ संग समन्वय गरी तालिम प्रदा गरिएको कार्यवाहक अध्यक्षले बताउनु भएको थियो ।
उक्त दुई दिने तालिममा निकासी गर्ने उद्योगहको तर्फबाट उत्पत्ती प्रमाणपात्र हेर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो । वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यको स्वागत तथा कर्यकारी उपसचिव खगेन्द्र शर्माको संचालनमा भएको समुद्घाटन कार्यक्रममा संघका पधादिकारी, कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिमका प्रशिक्षकको भुमिका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत तथा इन्जिीनियर मिलब श्रेष्ठले गर्नु भएको थियो ।
नेपाल सरकारको नेपाल एकद्धार प्रणाली अन्तर्गत तेस्रो मुलुक निकासी प्रक्रियालाई सहज बनाउने उद्देश्य अनुरुप तालिम प्रदान गरिएको संघले जनाएको छ ।