Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कांग्रेसमा युवा नेतृत्व शुशिल गुरुङ्गद्धारा रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिमा उमेद्वारी घोषणा


  • लुम्बिनी चिन्तन
  • कार्तिक २७, २०७८ शनिवार
  • 1.4K
    SHARES

कांग्रेसमा युवा नेतृत्व  शुशिल गुरुङ्गद्धारा रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिमा उमेद्वारी घोषणा

भैरहवा । राजनीतिमा सक्रिय युवा नेता शुशिल गुरुङ्गले रुपन्देही क्षेत्र नम्बर ३ को सभापतिमा आफ्नो उमेद्वारी रहने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी मंसिरको ६ गते हुने क्षेत्रीय अधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ३ को सभापति पदमा उमेद्वारी दिने निर्णयमा पुगेको गुरुङ्गले जानकारी दिनुभयो । गुरुङ्ग हाल क्षेत्र नम्बर ३ को सचिव पदमा क्रियाशिल हुनुहुन्छ । पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध गरी प्रभावकारी बनाउन आफ्नो उमेद्वारी सभापतिमा अपरिहार्य रहेको गुरुङ्गले बताउनु भयो ।

आफु सभापति भए पार्टीलाई समय सापेक्ष डिजिटलाईट गरी गुणात्मक अभिवृद्धि गर्ने उहांले दावी गर्नुभयो । “परिपक्क र अनुभवी अग्रजतलाई सम्मान, अब जोस,होस र जांगरले भरिपुर्ण शिक्षित युवालाई स्थान” भन्ने नाराका साथ सभापतिमा उमेद्वारी दिन लागेको हुं गुरुङ्गको भनाई छ ।

बुवा स्वर्गिय तिलक गुरुङ्ग र आमा निशानी गुरुङ्गको कोखबाट जन्मिनुभएका शुशिल गुरुङ्ग सिद्धार्थनगर नगरपालिका १ नयां गाउंका स्थायी बासिन्दा हुनुहुन्छ । उहां श्रीमति शोभाश्री गुरुङ्ग र छोरी साम्भवी र आमाको साथमा हुनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर एम.वि.एस सम्मको अध्ययन गर्नुभएका गुरुङ्ग सामाजिक रुपमा निकै प्रिय व्यक्तीको रुपमा चिनिनु हुन्छ ।

collage (49).jpg

शान्त स्वभाव र मिठो बोलीका धनि गुरुङ्ग २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता दिएसंगै उहांको औपचारिक राजनीतिक यात्रा शुरु भयो । उहां २०५४ सालमा नेवि संघ भैरहवा बहुमुखी क्याम्पस ईकाई अध्यक्ष बन्दै २०५५ सालमा सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको उपसभापति बन्नु भएको थियो । निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व गर्दै २०५७ सालमा स्ववियु सभापति हुदै स्ववियु परिषद् केन्द्रीय समितिको सहसचिव, २०६१ सालमा रुपन्देही अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उहांले २०६२ । ०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो । विद्याार्थी जीवनबाटै समाजसेवा र राजनीतिलाई संगसंगै अगाडि बढाईरहनु भएका युवा नेता गुरुङ्ग २०६७ सालमा सम्पन्न नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट पार्टीको रुपन्देही क्षेत्र नम्बर ३ को सचिवमा निर्वार्चित हुनुभयो ।

त्यस्तै २०७२ मा कांग्रसको १३ अँैा महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा पुनः क्षेत्रीय सचिवमा निर्वाचित हुनुभयो । २०५१ सालदेखि हालसम्म सम्पन्न भएका प्रत्येक निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई विजयी बनाउन सक्रिय भुमिका निभाउनु भएको पार्टी पंङ्ती को बुझाई छ ।

राजनीतिको आठमा आजसम्म लाभको कुनै पनि पद नलिएको उहांको दावी छ । राजनीतिमा जस्तै सामाजिक क्षेत्रमा पनि शुशिल गुरुङ्गको नाम अग्रपंति मै आउंछ । विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गर्ने क्रममा उहां २०६६ सालमा जेसिआई सिद्धार्थ नेपालको अध्यक्ष बन्नु भयो । २०७४ मा नेपाल रेडक्रस सोसाईटी बेलहिया शाखाको अध्यक्ष तथा २०७४ सालमा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको नेतृत्व सम्हालिसक्नु भएको छ ।

संस्थाको कुसलता पुर्वक जिम्मेवारी निभाउने गुरुङ्ग २०७४ सालमै नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको सदस्य बन्नुभयो । उहां हाल पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भुमिका निभाईरहनु भएको छ ।

सामुदायि विद्यालय व्यवस्थापन समिति महासंघ सिद्धार्थनगरकै अध्यक्ष रहनुभएका गुरुङ्ग लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ वि टु नेपाल डिष्ट्रिक डेपुटी चिपको भुमिकामा समेत रहनुभएको छ । पार्टीभित्र मात्र नभएर अन्तरपार्टी तथा अन्य व्यक्ती हरुसंग मित्रवत सम्बन्ध राख्न सक्ने क्षमता भएका गुरुङ्ग नविनतम भिजन भएका व्यक्तीको रुपमा परिचित हुनुहुन्छ ।


लुम्बिनी चिन्तन

थप समाचार