भैरहवा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणली खिचडी भएको बताएका छन । रुपन्देहीको धकधईमा जसपा रुपन्देही क्षेत्र नम्बर १ ले आयोजना गरेको छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रत्यक्ष, समानुपतिक निर्वाचन प्रणली खिचडी निर्वाचन प्रणली भएकोले यसलाई परिवर्तन गर्नु पर्ने बताए ।
प्रत्यक्ष निर्वाचन प्रणली अत्यन्त महगो निर्वाचन प्रणली भएकोले आम जनता चुनाव लड्नसकने अवस्था नभएकोले यसलाई परिवर्तन गरी सामानुपतिक निर्वाचन प्रणली लागु गर्नु पर्ने माग गरे । संसदीय प्रणाली विश्वभरका अधिकांस देशमा विफल भएकोले यस निर्वाचन प्रणलीलाई सुधार गर्दै लगे मात्र देशको विकास हुने बताए ।

कांग्रेस र कम्युनिष्ट पार्टी मिलेर मुलुकमा त्रुटीपूर्ण संविधान बनाएका छन, त्रुटीपूर्ण संविधानमा भएका कमी कमजोरी संशोधन नभए सबै नागरिकको अधिकार सहितको देशको आठौं संविधान बनाउने चेतावनी दिए ।
नेपाल संसारकै अल्पविकसित र दरिद्र मुलुक भएको समेत बताए । उनले यहाँ गरिबी र वेरोजगारी रहेको बताउदैैैै उनीहरुको अधिकार कही पनि लैजान नपाएकोले विकास र अधिकार दुवै साथ साथ लैजानु पर्ने बताए ।
संविधानमा उल्लेख भएको ७ वटा प्रदेश अव्यवहारिक र अवैज्ञानिक रहेकोले उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै उचित भएको उनले बताए ।

जसपा नफुटेको प्रष्ट पार्दै उनले केही छाताबाट बाहिर गएको मात्र हुन ,केहीको बहलावामा उनीहरु छाडेर गएको बताए । विपक्षीहरुले जसपालाई मधेशको मुद्धा छोडेको आरोप लगाए पनि हामीले मधेशको मात्र होइन नेपालको हिमाल पहाडको मुद्धालाई समेत उठाएको बताउदै जसपा आउने निर्वाचनमा शक्तिशाली पार्टीको रुपमा उभिने बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य गोविन्द चौधरी, लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमल खनाल, समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा प्रदेश २ सरकारका कृषिराज्य मन्त्री योगेन्द्र राय यादव, पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), किस्मत वि.क., संघीय परिषद सदस्य विद्या यादव, महिला नेतृ धनेश्वरी चौधरी, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव लगायतले बोलेका थिए ।
जसपा वरिष्ठ नेता महेन्द्र यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य मोहम्मद अलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।