Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बागमतीका मुख्यमन्त्री पाण्डे आज विश्वासको मत लिँदै 


  • लुम्बिनी चिन्तन
  • कार्तिक २२, २०७८ सोमवार
  • 638
    SHARES

बागमतीका मुख्यमन्त्री पाण्डे आज विश्वासको मत लिँदै 

सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।

एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई(दुई तथा जसपाको एक सिट छ । 

यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि पद गुमाएपछि राजीनामा दिएकी थिइन् ।  


लुम्बिनी चिन्तन

थप समाचार