काठमाडाैं । स्कटल्याण्डमा रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउबा आज स्वदेश फर्किएका छन् ।
कतार एयरवेजको बिमानबाट प्रधानमन्त्रीसहितको प्रतिनिधिमन्डल ८:३० बजे काठमाडौं बिमानस्थलमा अवतरण गरेको थियो । त्रिभुवन बिमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँणलगायतले देउवालाई स्वागत गरे ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देउवाले नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई पूर्णरुपमा हटाउने प्रतिबद्धता लिएको बताए । सोहीअनुसार सरकारले योजना बनाएको उनले जनाए । चाँडै सगरमाथा संवाद आयोजना हुने र यसमा सहभागी हुन विश्व नेताहरुलाई पत्र पठाइने समेत उनले जनाए । गैरआवासीय नेपाली संघ एनआरएनए चुनावमा सरकारले हस्तक्षेप नगरेको दावी गर्दै उनले चुनाव गर्न एनआरएनए स्वतन्त्र भएको बताए ।

प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठबन्धन चुनावसम्मै जाने भन्दै आफूहरुबीचमा कुनै समस्या नरहेको प्रष्ट पारेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताउँदै उनले मोदी पनि चाँडै नेपाल भ्रमण गर्न चाँडै आउने जानकारी उनले दिए । मुक्तिनाथ र पशुपतिनाथ भ्रमण गर्न मोदी आउने कुरा उनले बताए । मोदी आउने यकिन मिति भने निश्चित नभएको तर, परराष्ट्र मन्त्रालयले द्धिपक्षीय अनुकूलताका आधारमा तय गर्ने देउवाले बताए ।
देउवालाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री बालकृष्ण खाँड, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री मीनेन्द्र रिजाल, बेलायती राजदूत निकोला पोलिट पुगेका थिए । परराष्ट्र सचिव भरतराज पौड्यालले प्रधानमन्त्रीको स्कटल्यान्ड भ्रमणबारे जानकारी गराएका थिए । २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा गत साता संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित ग्लास्गो सहर गएका थिए ।
स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गठबन्धन पूरै समयसम्म रहने भन्दै अरु थप प्रश्न नसोध्न आग्रह गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीसहितको नेपाली टोली गएको १२ गते बेलायतको लण्डन गएको थियो । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।