Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

आयोजक तिलोत्तमा तेक्वान्दो च्याम्पियन 


  • लुम्बिनी चिन्तन
  • कार्तिक १५, २०७८ सोमवार
  • 840
    SHARES

आयोजक तिलोत्तमा तेक्वान्दो च्याम्पियन 

बुटवल । प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ मा आयोजक तिलोत्तमा तेक्वान्दो डोजाङ प्रथम भएको छ । आयोजक डोजाङले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै प्रथमस्थान हासिल गरेको हो ।

यसैगरि ४ स्वर्ण, ४ रजत पदक जित्दै बुटवल तेक्वान्दो डोजाङ दोस्रो भएको छ । प्रभात सेकेण्डरी बोर्डिङ स्कुल ३ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा आयोजक डोजाङका सक्सेस दर्जी तथा बुटवल डोजाङका सुस्मिता रामदालीमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । तेक्वान्दो खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको प्रतियोगिता उत्साह पूर्ण सहभागिताका कारण दुई दिन संचालन भएको सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले बताए ।

एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसुउदिन खान, तिनपा वडा नं. ४ का वडाअध्यक्ष दिवाकर ढकाल, नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रित, सदस्य राम प्रसाद कहार, सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा पुरुषतर्फ पुम्पे विधामा १५, १८, २१, २३, २५, २८, ३२, ३६, ४०, ४५, ५४, ५८, ६२ केजी तथा महिलातर्फ १६, २४, २७, ३०, ३४, ३७, ४०, ४८ केजी गरि १३ वटा पुरुष र ९ वटा महिला तौल समुहमा खेल भएको आयोजक डोजाङका अध्यक्ष विष्णु कुमार चौधरीले बताए । प्रतियोगितामा १८ वटा डोजाङका ४ सय खेलाडीहरु भाग लिएका थिए । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयबाट ४० हजार रुपैया, सिमानगर टोल बिकास समितिबाट २५ हजार रुपैया सहयोग भएको उनले बताए । 

 

 

 

 


लुम्बिनी चिन्तन

थप समाचार