Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि–१० नक आउट क्रीकेट, तिलोत्तमा क्रीकेट एकेडेमी र लुम्बिनी बिजयी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०७७ आइतवार
  • 966
    SHARES

सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि–१० नक आउट क्रीकेट,  तिलोत्तमा क्रीकेट एकेडेमी र लुम्बिनी बिजयी

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि–१० नक आउट क्रीकेट प्रतियोगिता शुरु भएको छ । 

प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रीकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो ।  सन्जिवनिले दिएको ८५ रनको लक्ष्य तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितका लागी तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यानअफ द म्याछ समेत बनेका छन ।  

प्रतियोगिताको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछी लुम्बिनी नव युवा क्लब वाकओभरमा बिजयी भएको आयोजक तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिताबाट बाहिरिएका छन । 

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा बुटवल युथ क्लव र आर.आर. चिलिया बिच खेल हुनेछ भने दोस्रो खेलमा तिलोत्तमा वडा नम्बर १ र सैनामैना क्रीकेट क्लव भिड्ने आयोजकले जानकारी  दिएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । Tie sheet sunil dhungana.jpg

प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशी सहितकप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यसैगरी विधागत तर्फ म्यानअफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५–५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जनाछात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार