भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीले विजया दशमी, दिपावली, छठ, मोहमद जयन्ती तथा नेपाल सम्बद ११४२ को अवसरमा शुभकामना आदान प्रदान कार्याक्रम शनिवार भैरहवामा सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रिय नेता सागर प्रताप राणाको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता एवम् पुर्वमन्त्री दिपक बोहोरोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ता, आम नागरिकमा चाडपर्वको शुभकामना व्यक्त गर्दै वरिष्ठ नेता बोहोरोले तिनै तहको निर्वाचन नजिकिदै गएकोले पार्टीले गरेका राम्रा कामहरुलाई शशक्त रुपमा जनतामाझ लैजान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यस्तै देशमा राजनीतिक विचलनको अवस्था रहेकोले ठुला भनिने पार्टीहरुप्रति जनताको विश्वास कम हुदै गएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्थापित गर्नुपर्ने उहांको भनाई छ । सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदय, केन्द्रिय सदस्य ताहिर अलि, केन्द्रिय सम्पादन सदस्य कैलाश गुरुङ्ग, जनता समाजवादी पार्टीका उज्वल पोखरेल, बद्रे आलम, पुर्व प्रमुख जिल्ला अधिकारी हाजि अब्दुल कलम, समाजसेवी नारायण प्रसाद अग्रवाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो । पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत, सचिव वलराम शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।