भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरको प्रथम अधिवेशनबाट अध्यक्षमा चक्र बहादुर थापा निर्वाचित भएका छन । थापाले १६१ मत ल्याई निर्वाचित भए । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि गरिएको निर्वाचनबाट निर्वाचित थापाले थानेश्वर पौडेललाई १०४ मतले पराजित गरेका हुन । पौडेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हुन् भने थापा स्वतन्त्र विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पसका पूर्व सचिव हुन् ।
त्यस्तै उपाध्यक्षमा अर्जुन कुमार गिरीले १८७ मत ल्याई निर्वचित भएका छन भने उनका प्रतिद्वन्दी लक्ष्मी केसीले ३४ मत पाप्त गरिन । के.सी. अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य समेत हुन् । सचिव पदका लागि भएको मतदानमा नारायण पसाद भण्डारी निर्वाचित भएका छन । भण्डारीले १८८ मत ल्याई निर्वाचित भए भने उनका प्रतिद्वन्दी मनोज रिजालले ३४ मत पाप्त गरे ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भए पनि नगर अधिवेशनको अन्य पद भने सर्वसम्मत निर्वाचित भएका छन । निविरोध निर्वाचित हुनेमा उपसचिव पदमा माया कण्डेल र कुमार गुरुङ, महिला सदस्यहरुमा दुपदा पनेरु, सरस्वती ज्ञवाली, विष्णु भटटराई, प्रभा पौडेल, लक्ष्मी जलान्धर, शान्ती देवी अधिकारी, उर्मिला कार्की थापा, लक्ष्मी खनाल, विमला आचार्य, पार्वती पौडेल, लता पोखरेल, विजय लक्ष्मी रिजाल, कमला दलामी, सरिता राना, सहनाज बेगम र निशा भटराई (लक्ष्मी) चयन भएका छन ।
त्यस्तै खुला सदस्य तर्फ जीवलाल भटटराई, रमेश पोखरेल, प्रेेम नारयण पाण्डे, राम पसाद भण्डारी, आयुष अधिकारी, शशी पन्थी, अरुण पन्थी, कुण्ठ मल्ल ठकुरी, दिपक न्यौपाने, हेमराज टोम्टा, गोमलाल खदाल, महेश भुर्तेल निर्वाचित भएका छन ।
यस्तै पेशागत तर्फ शेखरनाथ पन्थी, माधवराज न्यौपाने, मद्धेशी तर्फ गोरख पसाद निषाद, झब्बलाल कहार अल्पसंख्यक तर्फ नसिबदार धुनिया, जनजाति तर्फ गुमान सिंह सारु मगर, विनोद थापा, दलित तर्फ श्यामलाल बराइली, मोहन चाइ, भुगोल तर्फ वडा नम्बर १ मा नर्जुन गुरुङ, वडा नम्बर २ मा प्रकाश मणि विक, वडा नम्बर ३ मा हरि पसाद ज्ञवाली, मोल्हु गुप्ता, वडा नम्बर ६ मा एक नारयण काफले, रविन्द्र गुप्ता, वडा नम्बर ७ मा हरि पसाद काफले, राजन विक, वडा नम्बर ८ मा कमल भुसाल, हरि प्रसाद आचार्य वडा नम्बर ९ मा कमल पोखरेल, बसन्त भटटराई, वडा नम्बर १० मा भोला कोइरी, वडा नम्बर १२ मा शालिकराम पाण्डे, वडा नम्बर १३ मा अर्जुन पसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन ।