Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सोमबार चौथो बुटवल खुल्ला लन टेनिसको  फाईनल हुदै


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १६, २०७७ आइतवार
  • 752
    SHARES

सोमबार चौथो बुटवल खुल्ला लन टेनिसको  फाईनल हुदै

बुटवल ।  चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता को फाइनल सोमबार हुने भएको छ । तेस्रो दिनसम्मको खेलमा पुरुष डबल्सको छिनोफानो भएसँगै फाइनल तय भएको हो । पुरुष डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले हात पारेका छ भने  सिगलतर्फ सेमीफाईनलमा प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्रीले  स्थान सुरक्षित बनाएका छन । 
महिला सिगलतर्फको सेमीफाईनलमा पे्ररणा कोइराला, सलोनी तामाङ, मायाङका राणा र अभिलाषा विष्ट पुगेका भने डबल्स तर्फ पहिलो सेमीफाईनल खेलमा अभिलाषा विष्ट र इरा रावतको जोडीले नेपालको रेकिङका नम्बर वन खेलाडी प्रेरणा कोईराला र मायाङका राणाको जोडीलाई ६–३, ६–३ को सेट तथा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीले सलोनी तामाङ र आजा रेग्मीको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लस सिगलतर्फ सेमीफाईनलमा कमल भण्डारी, रामु बिक, राजन पौडेल र संजय प्रकाश श्रेष्ठ प्रवेश गरेका छन । 
यसैगरि ४५ प्लस सिगलतर्फ चन्द्र शाही, गोपी भट्टराई, धर्म लामिछाने र उत्तम बोगटी सेमीफाईनल प्रवेश गरेका छन । यसैगरि ३५ प्लस डबल्सतर्फ पहिलो सेमीफाईनल खेलमा कमल भण्डारी र राजिव श्रेष्ठको जोडीले हेमराज ढकाल र निमा लामाको जोडीलाई ६–३, ६–४ पराजित गर्दै फाईनल प्रवेश गरेका हुन भने अर्को सेमीफाईनलमा लोक गुरुङ र राजन पौडेलको जोडीले बुटवलका अनिल सेन्चुरी र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–३, ६–१ सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन । 
यसैगरि ४५ प्लस डबल्समा गोपी भट्टराई र धर्म लामिछानेको जोडीले गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । तेस्रो दिनको २६ वटा खेल सकिएको प्रमुख प्रशिक्षक कृष्णराज घलेले बताए । चौथौ दिन विधागत खेलका फाईनल खेलहरु हुने उनले बताए ।
प्रतियोगिताको पुरुष÷महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।  
प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार