Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

स्थानीय तहको चुनाव चैत पहिलो साताभित्र, प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

पालिकाको चुनाव एकै चरणमा गर्न प्रस्ताव


  • लुम्बिनी चिन्तन
  • कार्तिक ८, २०७८ सोमवार
  • 456
    SHARES

स्थानीय तहको चुनाव चैत पहिलो साताभित्र, प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन । त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । आज साेमवार बालुवाटारमा भएको छलफल राष्ट्रिय सभा सदस्यको चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका विषयमा केन्द्रित रहेको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले माघको पहिलो हप्ताभित्र राष्ट्रिय सभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । कानुनअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि चुनाव गर्नुपर्छ ।

यस्तै प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ पद रिक्त छन् । छलफलमा ती पदमा उपचुनाव गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै आयोगले आउँदो वैशाखभित्र गर्नुपर्ने पालिकाको चुनाव पनि एकै चरणमा गर्न प्रस्ताव गरेको छ । अघिल्लो पटक तीन चरणमा पालिकाको चुनाव भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार