बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशबासीलाई “समृद्धी प्रदेश, आत्मनिर्भर प्रदेश” प्रदेश सरकारकाको नारालाई साकार बनाउनका लागि जनताको सेवामा काम गर्नका निर्देशन दिनुभएको छ ।
प्रदेशका मन्त्री, राज्यमन्त्री र सचिवहरुलाई व्रिफिङको क्रममा उहाल जनतालाई अनुभूति दिने गरी उत्साहपूर्वक काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयोः “हामीले जनताको सेवा गर्न आएका हौँ, जनताको गुनासो आउन नदिनका लागि हामीले जनताको काम गरौँ ” । जनताको जनगुनासोलाई पहिलो प्राथमिकतामा राखी सम्वोधन गर्नका सबैलाई सबै मन्त्रीहरुलाई आग्रह गर्दै जनतालाई धेरै भन्दा धेरै प्राथमिकता दिएर काम गर्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले गठबन्धन दलको सरकारको अनुभूति दिनका लागि सबैले आफ्नो कार्यक्षमता, दक्षता र विवेकतालाई अझै गति प्रदान गर्नका लागि अगाडि बढाएर जान सबैलाई निर्देशन दिनुभएको थियो ।
अन्तरक्रिया मात्रैभन्दा पनि पनि जनतालाई परिणाम दिने गरी काम गर्नका लागि अनुरोध गर्दै त्यसका लागि सबैले उत्तिकै सहयोग गर्नका अनुरोध गर्नुभयो । मुख्यमन्त्री केसीले मन्त्रालयको संख्या बढी बनाएपनि आफ्नो खर्चमा मितव्यायिता बनाउँदै अन्तरमन्त्रालयको सहकार्य र समन्वयमा काम गरी अगािड बढ्नका लागि अनुरोध गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशमा किसानहरुले लगाएको धानबालीलाई क्षति गरेकोमा त्यस क्षेत्रका किसानहरुलाई राहत प्याकेज प्रदान गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले प्रदेश किसानहरुका पीडामा सहयोग गर्नुपर्ने सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो ।
स्वाथ्य क्षेत्रमा कपिलबस्तुको बहादुरगञ्जमा भएको झाडा पखलाको नियन्त्रण नै प्रमुख कार्य गरिएको बताउँदै आगामी दिनमा सरकारले पहिलो प्राथमिकताका साथ कोरोना विरुद्धको खोप खरिद गरी प्रदान गर्नका लागि निरन्तर प्रयास गर्नुपर्ने बताउनुयो ।
कृषि क्षेत्रमा लगानी र कृषि क्षेत्रको बजेट कार्यन्वय गर्नका लागि कृषि मन्त्रालयले बदी भन्दा बढी ध्यान दिनका लागि अनुरोध गर्नुभयो । सबै मन्त्रालयका मन्त्रीहरुले राजनीतिक स्प्रीटमा काम गरि दिनका लागि मन्त्रीहरुलाई अनुरोध गर्नुभयो । मन्त्री, सचिवहरुले काम गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।