भैरहवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगर नगरपालिका अन्तर्गतका सबै वडामा अधिवेशन सम्पन्न भएकाे छ ।
वडा नम्बर १ देखि वडा नम्बर १३ सम्मको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको हाे । जसअन्तर्गत सिद्धार्थनगर वडा नम्बर १ को अध्यक्षमा रमेश थापा, २ को अध्यक्षमा इन्दिरा क्षेत्री, ३ मा गणेश बेल्बासे, ४ मा राजेश गुप्ता, ५ मा चेत बहादुर क्षेत्री र ६ मा राम दयाल गुप्ता निर्वाचित भएका छन् ।
त्यस्तै वडा नम्बर ७ मा कमलेश श्रेष्ठ, ८ मा रामचन्द्र रेग्मी, ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाई, १२ मा सुशिल कुंवर र १३ मा भीम भण्डारी निर्वाचित भएका छन् ।
वडा नम्बर १ मा ११ सदस्यीय, २ मा १३ सदस्यीय, ३ मा २५, ४ मा २०, ५ मा ५, ६ मा १९, ७ मा २५, ८ मा २१, ९ मा १७, १० मा २७, ११ मा २९, १२ मा १७ र १३ मा ११ सदस्यीय वडा कमिटी निर्वाचित भएको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले जानकारी दिए ।
भीम भण्डारी कान्छ वडाअध्यक्ष, महिला अध्यक्ष इन्दिरा क्षेत्री
सिद्धार्थनगर नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट कान्छा वडाअध्यक्षकाे रूपमा २४ वर्षे युवाले जिम्मेवारी पाएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को अधिवेशनबाट भीम भण्डारी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।
वडा सचिवकाे जिम्मेवारी सम्हालेका भण्डारीले एमाले र माओवादी केन्द्र विभाजनपछि एमालेबाट कार्यवाहक वडाअध्यक्षको जिम्मेवारीमा थिए ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसको सचिवको समेत जिम्मेवारी सम्हालिसकेका भण्डारी विद्यार्थीमाझ समेत लोकप्रिय छन् । उनी हाल अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । ‘हाल स्नात्तकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत भण्डारी भन्छन्, युवा पनि राजनीतिमा नेतृत्व गर्न सक्छन् भन्ने कुरालाई आत्मसात गर्दै मलाई वडाका सम्पूर्ण पार्टीका संगठित सदस्यहरुले सर्वसम्मत रुपमा निर्वाचित गराउनुभएको छ, ’पार्टी र जनताको लागि काम गर्नेछु ।
अग्रजहरुलाई सम्मान गर्दै आफू अगाडी बढ्ने उनको भनाइ छ । स्थानीय निर्वाचनमा र पार्टीका विभिन्न पदमा पार्टीका अग्रजहरुलाई साथ र सहयोग गर्ने उनले बताए । भण्डारीको बुवा नरेन्द्र भण्डारी समेत एमालेको राजनीतिमा सक्रिय छन् ।
त्यस्तै सिद्धार्थनगर वडा नम्बर २ मा महिला अध्यक्ष इन्दिरा क्षेत्री निर्वाचित भएकी छन् । जनप्रतिनिधी समेत रहेकी थापा नगरकाे एकली महिला वडा अध्यक्ष समेत हुन ।