Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

तिलाेत्तमामा आँखा उपचार केन्द्र


  • लुम्बिनी चिन्तन
  • कार्तिक ५, २०७८ शुक्रवार
  • 578
    SHARES

तिलाेत्तमामा आँखा उपचार केन्द्र

भैरहवा । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको व्यवस्थापन र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा–२ स्थित शंकरनगरमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखासम्बन्धि रोगका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाल नेत्र ज्योति संघ, श्री रण अम्बिका शाह आँखा अस्पताललाई धन्यवाद दिए । नगरप्रमुख घिमिरेले तिलोत्तमामा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई जिल्लाकै नमूना आँखा उपचार केन्द्र बनाउनका लागि नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।received_6298620130211295.jpeg

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले अस्पतालको कार्ययोजना अनुसार तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । उनले अन्धोपन निवारणमा अस्पताल लागिपरेको बताए ।

नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका अध्यक्ष कमलराज जोशीले तिलोत्तमामा रहेका आँखा रोगसम्बन्धि विरामीलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दधिराम गौतम, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आँखा उपचार केन्द्र स्थापना हुनु महत्वपूर्ण कार्य भएको बताए ।

 

कार्यक्रममा आँखा रोगसम्बन्धि जानकारी र यसबाट बच्ने उपाय बारे अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेले प्रकाश पारेका थिए ।

नेपाल नेत्र ज्योति संघ रुपन्देही शाखाका अध्यक्ष कमलराज जोशीको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता तथा नेत्र ज्योति संघ रुपन्देहीका सचिव गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आँखा उपचार केन्द्र स्थापनाको अवसरमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा नेत्र अधिकृत संजिव अधिकारी र सुसन नकर्मीको टोलीले बिरामीको आँखा परीक्षण गरेका थिए । शिविरमा २५० जना आँखा रोगीको परीक्षण गरिएको थियो । जसमध्ये १८ जना मोतीयाबिन्दु भएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाका लागि श्री रण अम्बिका शाह आँखा अस्पताल रिफर गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए । अस्पतालको व्यवस्थापनमा हाल सियारी, सम्मरीमाई, रोहिणी गाउँपालिका, सैनामैना, लुम्बिनी र तिलोत्तमा नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार