Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

बाढी–पहिरोमा ज्यान गुमाएका र घर भत्किएका परिवारलाई राहत दिने सरकारको निर्णय


  • लुम्बिनी चिन्तन
  • कार्तिक ४, २०७८ बिहिवार
  • 526
    SHARES

बाढी–पहिरोमा ज्यान गुमाएका र घर भत्किएका परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोमा एक जना गुमाएका परिवारलाई दुई लाख र एक जनाभन्दा धेरै गुमाउनेलाई प्रति मृतक थप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । मृतकको काजकिरियामा समस्या नहोस् र गाँस–बासको जोहो गर्न सहज होस् भनेर राहतको घोषणा गरिएको गृह मन्त्री बालकृष्ण खाणले जानकारी दिनुभयो ।

यस्तै बाढी, पहिरोमा परि घाइते भएकाहरूको निशुल्क उपचार गर्ने पनि सरकारले निर्णय गरेको छ । सरकारले बाढी, पहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने र बन्द रहेका सडक, विद्युत् र सञ्चारलाई सुरु गर्न उपकरण र जनशक्ति परिचालन गर्ने निर्णय गरेको पनि मन्त्री खाणले जानकारी दिनुभयो ।

यसैबीच सरकारले बाढी, पहिरोमा जमिन र घर गुमाएकालाई पनि राहत दिने भएको छ । गृह मन्त्री खाणका अनुसार पहिरोले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिनेछ ।

यस्तै निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा तीन लाख, पहाडमा चार लाख र तराईमा पाँच लाख रुपैयाँ दिने सरकारी मापदण्डअनुसारको रकम दिइनेछ । यस्तै जग्गा खरिद गर्न तीन लाख रुपैयाँ दिने निर्णय भएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार