Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेश सभा बैठक असोज २० गते बस्ने गरी फेरि सर्‍यो


  • लुम्बिनी चिन्तन
  • आश्विन १३, २०७८ बुधवार
  • 786
    SHARES

लुम्बिनी प्रदेश सभा बैठक असोज २० गते बस्ने गरी फेरि सर्‍यो

बुटवल। लुम्बिनी प्रदेश सभा बैठक फेरि एक पटक सरेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामूख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन्।  

प्रदेश सभाको नवौं अधिवेशन सुरु भएयता कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन्। एमालेले आफ्ना सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नु पर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ।  प्रदेश सभा बैठक अब असोज २० गते बुधबार दिउँसो १ बजे बस्ने छ।


लुम्बिनी चिन्तन

थप समाचार