Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अखिल नेपाल महिला संघ सिद्धार्थनगर ८ को अध्यक्षमा मिना क्षेत्री


  • लुम्बिनी चिन्तन
  • आश्विन १३, २०७८ बुधवार
  • 2.6K
    SHARES

अखिल नेपाल महिला संघ सिद्धार्थनगर ८ को अध्यक्षमा मिना क्षेत्री

भैरहवा ।  नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ सिद्धार्थनर वडा नम्बर ८ को वडा अधिवेशन बुधबार भैरहवामा सम्पन्न भएको छ ।

अधिवेशनले मिना क्षेत्रीको अध्यक्षतामा २३ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा अम्बिका अधिकारी, सचिवमा तारा पाण्डे, सह सचिवमा सुमित्रा बराईली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै कमिटीका सदस्यहरुमा ईन्दिरा खनाल, निर्मला देवी निषाध, कमरु निशा, कोपिला कुंवर, इलाईची सहानी, कैलाशी चाई, सन्ध्या श्रीवास्तव, दिपा कुंवर, पवित्रा रेग्मी, धन कुमारी भुषाल, ममता थापा, माया राना, कमला पराजुली, सुमित्रा पन्थी अर्याल, शोभा भुषाल, सरिता आचार्य, शुशिला पाण्डे चयन हुनुभएको छ ।

collage (26).jpg

नव गठित कमिटीलाई अनेमसंघ लुम्बिनी प्रदेश कमिटीका सदस्य सिता कुमारी काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज वराल (अनुप ) ले हरेक महिलाहरु संगठनमा आवद्ध भएर समय अनुकुल व्यक्तित्व विकास गर्नु पर्ने बताउनु भयो । संगठनमा ठुलो ताकत हुने हुंदा अनेमसंघमा संगठित भई संगठनको झण्डाको परिभाषा, पार्टीको विधान अध्ययन गरी आफ्ना मनमा लागेका कुराहरुलाई पार्टीमा राख्न सक्नु नै जनवाद हो भन्नु भयो । यस्तै पार्टीको केन्द्रियता अनुशासन पालना गर्नुपर्ने हरेक सदस्यको कर्तव्य भएको उहांले बताउनु भयो ।

collage (25).jpg

नव गठित कमिटीका अध्यक्ष सहित सम्पुर्ण टीम संगठनलाई क्रियाशिल बनाउन लागि पर्ने विश्वास व्यक्त गर्दै पार्टीको तर्फबाट सधै साथ र सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । यस्तै पार्टीका प्रदेश कमिटी सदस्य भरत कुमार पोख्रेलले संगठनलाई टोल तथा घर घरमा पुरयाउन आग्रह गर्नुभयो ।  पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र पन्थीले नेकपा एमालेको सबै भन्दा महत्वपुर्ण जनवर्गिय संगठनको रुपमा अखिल नेपाल महिला संघ र किसान संघ रहेको स्मरण गर्दै  पार्टीलाई बलियो बनाउन संगठन क्रियाशिल हुनुपर्ने बताउनु भयो ।

२००८ सालमा साहाना प्रधानको नेतृत्वमा गठन भएको अनेमसंघले लामो संर्घष पछि महिलाका केही अधिकार स्थापित गर्न सफल भएको भन्दै पार्टीमा ३३ प्रतिशतको सुरुवात यसैको उपलब्धी हो भन्नुभयो । अनेम संघ सिद्धार्थनगर कमिटीका अध्यक्ष पार्वती पौडेललको अध्यक्षता तथा सचिव दिलु कुंवरको संचालनमा सम्पन्न अधिवेशनमा  नेकपा एमाले सिद्धार्थ नगर कमिटीका अध्यक्ष चोपलाल आचार्य, सिता कुमारी काफ्ले, प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव सम्झना शर्मा, चक्र थापा, धु्रव प्रसाद अधिकारी, उमेश थापा लाटोमगर, असगर अलि, चन्द्रकला खनाल, लक्ष्मी खनाल, नरेन्द्र भण्डारी, रामचन्द्र रेग्मी लगायतले नवगठित कमिटीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा वडा नम्बर ८ का महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार