भैरहवा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीका एघार वटा स्थानीय तहमा निर्वाचन भएको छ । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा भने ५ वटा स्थानीय तहमा सर्वसम्म नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोहम्मद सइद खाँ,उनीसहित उनको सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो । मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहितको समूह निर्बिरोध निर्वाचित भएका छन् ।
५ वटा स्थानीय तहको पालिका अधिवेशनमा सर्वसम्मत भएपनि एक उपमहानगर,४ नगर र ६ गाँउपालिकामा आकाक्षीहरु एक भन्दा बढि र गुटगत उम्मेदवार भएकोले सर्वसम्मत हुन नसकेपछि मतदान गर्नुपरेको हो । रुपन्देहीको सम्मरीमाईमा निर्वाचनको कार्यक्रम स्थगि भएपनि अन्य १० वटा तहमा मतदानबाट सभापति चयन भएका छन । रुपन्देहीका अधिकांश पालिकामा शेरबहादुर देउवा पक्ष बिजयी भएका छन्।
बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । पाण्डेले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।
नेपाली कांग्रेसको तिलोत्तमा नगरपालिकाको सभापतिमा हरिलाल पाण्डेले विजयी भएका छन्। उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराए। उनी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।
सिद्धार्थनगर नगरको सभापतिमा कोसिस बहादुर खड्काको प्यानल बिजयी भएको छ । कुल २ सय ४१ मत खसेको सिद्धार्थनगरमा खड्काले १ सय ३९ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत प्राप्त गरे भने सभापती पदका अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गेरका छन ।
सैनामैना नगर सभापतिमा रण बहादुर खनाल विजयी भएका छन् । खनालले १ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतान्तरले पराजित भएका छन । २ सय ४० मत खसेकामा १२ मत भने रद्द भएको छ ।
देवदह नगरपालिकाको सभापतिमा गुणाखर भुर्तेल १०३ मतसहित बिजयी बनेका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन्। झबिन्द्र पाण्डेलाई ३ मतले हराउदै भुर्तेल सभापतिमा निर्वाचित भएका हुुन। पाण्डेको १ सय मत थियो ।
यस्तै कंचन गाँउपालिकामा सभापतिमा देविराम रेग्मी निर्वाचित भएका छन । सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा रेग्मीले ६४ मत प्राप्त गरी विजयी भएका हुन उनका प्रत्यासी प्रेमचन्द्र पोखरेलले १९ मत प्राप्त गरे । ८७ मतदाता रहेको कंचनमा ८६ मत खसेको थियो भने ३ म तबदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित भएका छन । अधिवेशनबाट अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन । रोहीणीमा भने अन्य सबै पदमा सर्वसम्मत भएको छ ।
मायादेवीमा पदम भण्डारी, सुद्धोधनमा दामोदर पौडेल, सियारीमा गोपाल पाण्डे निर्वाचित भएका छन । सम्मरीमाई गाउँपालिका शनिबार अबेर सम्म पनि सहमती र तालमेलको प्रयास गरेपनि नतिजा ननिस्केपछि शनिबारको अधिबेशन स्थगित गरिएको छ । कार्यकर्ताको आपसी विवादले समय अवधि समाप्त भएपछि आइतबारका लागि अधिवेशन आव्हान गरिएको छ । सम्मरीमाईको सभापतिमा रमेश यादव सर्वसम्मत हुने देखिएको छ ।