Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

सिद्धार्थनगर कांग्रेस सभापतिमा खड्का निर्वाचित, प्यानल नै विजयी


  • लुम्बिनी चिन्तन
  • आश्विन १०, २०७८ आइतवार
  • 1.1K
    SHARES

सिद्धार्थनगर कांग्रेस सभापतिमा खड्का निर्वाचित, प्यानल नै विजयी

भैरहवा । शनिबार भएको नेपाली कांग्रेस सिद्धार्थनगर अधिवेशनबाट कोसिस बहादुर खड्का नगर सभापतिमा निर्वाचित भएका छन ।

१४ औ महाधिवेशन अन्तर्गत सिद्धार्थनगर नगर पालिकाको निर्वाचनमा खड्काले १ सय ३९ मत ल्याई निर्वाचित भएका हुन । उनीसहित उनको प्यानल नै बिजयी भएको छ । २ सय ४२ मतदाता रहेृको सिद्धार्थनगरमा शनिबार २ सय ४१ मत खसेको थियो । खड्काको  निकटतम प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत र सभापती पदकै अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरे ।

यस्तै उपसभापतीमा खड्का प्यानलकै देवराज न्यौपानेले १ सय २४ मत र किरण कुमार घिमिरेले १ सय १८ मत प्राप्त गरि बिजयी भएका छन । उनिहरुका प्रतिद्वन्द्वी गौरब श्रेष्ठले १ सय ४ मत र घनश्याम यादवले ९७ मत प्राप्त गरे ।सचिवमा अनिल कुमार केसी १ सय १७ मत र हरिमाया गुरुङ १ सय २१मत ल्याइ बिजयी भएका छन । उनिहरुका प्रतिद्वन्द्वी टिकाराम भट्टराईले १ सय ३ मत प्राप्त गरे भने सम्राट थापाले ९९ मत पाए ।

सहसचिवमा आदर्श गुरुङ्ले १ सय ३९ मत र कृष्ण कुमार चाइले १ सय २३ मत प्राप्त गर्दै बिजयी भएका छन । उनिहरुका प्रतिद्वन्द्वी ओजस शर्माले १ सय १मत र प्रतीक भन्डारीले ८६ मत प्राप्त गरे । २ सय ४२ जना मतदाता रहेको सिद्धार्थनगर नगर पालिकामा २ सय ४१ जनाले मतदान गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार