Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राष्ट्रिय युवा संघको वडा भेला


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७८ शनिवार
  • 868
    SHARES

राष्ट्रिय युवा संघको वडा भेला

तिलोत्तमा। राष्ट्रिय युवा संघ नेपाल, तिलोत्तमा नगर कमिटीको आयोजनामा वडा भेला सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को वडा भेला शनिबार सम्पन्न भएको हो ।

युवा संघ तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलको अध्यक्षतामा भएको भेलामा एमाले जिल्ला सचिवालय सदस्य, प्रचाव विभाग प्रमुख एवं तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिले चारैतिरबाट घेराबन्दी गर्न खोजिएको भन्दै जनतामा फैलाइएका विभिन्न भ्रमलाई चिर्न युवाहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवं रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनले वर्तमान देउवा नेतृत्वको सरकार बनेयता विकासका काम पुरै ठप्प भएको बताउँदै अघिल्लो सरकारले गरेका राम्रा कामलाई स्थापित गरिने बताए ।

भेलामा एमाले नेता विष्णु बराल, युवा संघ  केन्द्रीय सदस्य दिनानाथ भट्टराई, रुपन्देही कार्यालय सदस्य कल्पना पांडे मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले शिव पौडेलको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु बस्याल, सचिवमा एकदेव बस्याल, सहसचिवमा शिव भण्डारी र कोषाध्यक्षमा दिपक पाण्डे रहेका छन् । त्यसैगरी सदस्यहरुमा पुष्पराज कुँवर, केशव कुँवर, सन्तोष गैरे, हरि गैरे, ओमप्रकाश चौधरी, कृष्ण चौधरी, प्रेम चौधरी, अंकित गैरे, राजेन्द्र श्रेष्ठ, दिपेश  बस्याल रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा विनोद तिमिल्सेना, सन्दिप भण्डारी, प्रविन गैरे, शंकर बस्याल, सुरज शर्मा, बालकृष्ण अधिकारी, विशाल कोइराला, नवराज जिसी, सागर पाण्डे, अमित पाण्डे र सुदिप पाण्डे रहेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार