Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिती छैन: पूर्व अर्थमन्त्री पौडेल


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७८ शनिवार
  • 776
    SHARES

अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिती छैन: पूर्व अर्थमन्त्री पौडेल

भैरहवा ।  पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिती नरहेको बताएका छन । जुन सरकारले २ महिनासम्म सरकार पूर्णता दिन सक्दैन त्यो सरकारबाट आशाको अपेक्षा नरहेको उनले बताए । 

उद्योग व्यापार संगठन रुपन्देहीको १४ औँ वर्षिक साधारण सभा तथा ७ औँ अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेलले सरकार विस्तारको काम दल विभाजन सम्बन्धी अध्यादेशले रोकिएको बताउदै सरकारमा सहभागी भएका दलहरु पनि फुट्ने भएकोले अहिलेको सरकार विस्तार हुन नसकेको बताए ।

DSC00447.JPG

अध्यादेश फिर्ता नभई सरकार गठन गरे सरकारमा सहभागी दलहरु पनि बिभाजित हुने अवश्था आउन भएकोले अध्यादेश फिर्ता भए मात्र मन्त्रीको नाम दिने सहभागी दलहरुकै शर्त रहेको उनले बताए ।

रुपन्देहीको विकास, समृद्धिका लागि जे जस्ता आयोजनाहरु छन कतिपय आयोजनाहरु कटौती र रद्ध गर्ने काम अहिलेको सरकारको जिम्मेवारी नभएको बताए । सरकारका काम विनियोजन गरेको बजेटको प्रभावकारि तरिकाले कार्यान्यनयन गर्ने, विकास र आयोजनालाई गति प्रदान गर्दै स्रोतको सही ढंगले सदुपयोग गर्नु हो, विनयोजन गरेको काम कटौती र विकासको आयोजनामा अवरोध नगर्न सरकारप्रति पूर्व मन्त्री पौडेलले खबरदारी गरे ।

रुपन्देही देशकै रोल मोडलको रुपमा बिकसित भइरहेको छ । महत्वपूर्ण योजनाको रुपमा रहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पहिलो चरणको काम अन्तिम चरणमा छ उद्घाटन सँगै दोस्रो चरणको अत्याधुनिक सुवधा सहित ५० वर्षको आवश्यकता पूरा गर्ने गरी एरोव्रिज सहितको फुलफेजको विमानस्थल निर्माणको सुरुवात गर्ने बताए । जस्को लागि एडिबीले काउण्टर पार्ट सहयोगमा ७ अर्ब रुपैया लगानी समेत गर्ने र बाँकी नेपाल सरकारले लगानी गर्ने गरी  बजेट बिनियोजन गरेको बताउदै नेता पौडेलले अहिलेको सरकारले उक्त बजेट घटाएकोले विकासको काममा सरकारले बाधा र बिलम्ब नगरी स्वीकृत गर्ने काम अगाडि बढाउन आग्रह गरे । 


लुम्बिनी चिन्तन

थप समाचार