नेपाली काग्रेस पार्टीको ९ गते सम्पन्न हुन गैरहेको १४ औ महाधिवेसन अन्तरगत बुटवल उपमहानगरपालिकामा पौडेल लाईनबाट खेलराज पाण्डे नै पुन सभापतिमा दोहोर्याउदैछन भने उनको विरुद्ध शेर बहादुर देउवा लाईनबाट रिता केसी क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छिन । पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी, उपसभापति हितमान पुन, सचिव छापा पोखरेल, गंगा पन्थी, सहसचिव देवलाल अरगेली र सहसचिव पुरुषोत्तम खनाल
यसैगरि केसी प्यानलमा उपसभापतिमा नर बहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र सहसचिवमा गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन ।
यता सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूह निकटले उम्मेदबारी घोषणा गरेका छन। विहिबार घोषणा सभा गरि उम्मेदवारी घोषणा गरेको हो। नगर सभापति कृष्ण प्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति निल प्रसाद थापा, उपसभापति मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल, सचिव सुभाष पौडेल, सहसचिव श्याम प्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टिमले घोषणा गरेका छन । प्रजातान्त्रिक सेनानी तथा पार्टीको पुराना नेता परसुराम पोखरेलले कार्यक्रमको उद्घाटन गरेका छन ।
उत्साह एकता रुपान्तरण नारासहित आफ्नो उम्मेदवारी रहेको उनिहरुको दाबी छ । नेपाली काग्रेस पार्टीको उदय गराएर नगरमा पार्टीको पकड बलियो बनाउन पनि नया नेतृत्व गर्ने उनले बताए । योगदानसंगै युवा समूह पार्टीको नया नेतृत्वमा देखिनु सकारात्मक भएको उनले बताए । कार्यक्रममा सभापति रामप्रसाद अधिकारी, निर्वाचन परिचालन समितिका सदस्य लक्ष्मण ज्ञवाली, राज बहादुर क्षेत्री, तुल बहादुर थारु, लक्ष्मी जोशी, श्रीप्रसाद आले, चित्र बहादुर केसी, कृष्ण पंगेनीले शुभ कामना ब्यक्त गरेका थिए ।
यता भरत शाह पक्षका समूहमा सभापती रण बहादुर खनालको नेतृत्वमा उपसभापतिमा लोकमणी भट्टराई, उपसभापति लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुरामणि घिमिरे, सचिव अर्जुन पौडेल, सहसचिव मनु काउचा र सहसचिव शारदा रौतारले प्रचार शुरु गरेका छन।
यता तिलोत्तमा नगर समितिमा समेत उम्मेदवारी घोषणा भएको छ। शेर बहादुर देउवा समुहबाट नगर सभापतिमा हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल, माया चौधरी, सचिव प्रदिप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ । नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले कार्यक्रमको उद्घाटन गर्दै प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुष्ट लग्दै गरेको बताए। कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य प्रेम खरेल, गंगा शाहि, शिव नेपाल, चित्र केसी, मनोरमा शेरचन, कुल प्रसाद लामिछाने, चिरन्जिवि पौडेल, तरुण दल रुपन्देही जिल्लाका कोषाध्यक्ष बासु बश्यालले शुभ कामना दिएका थिए ।
यस्तै रुपन्देहीको सिद्धार्थनगर नगर सभापति पदका लागि युवा नेता कोशिश खडकाको नेतृत्वले प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन भने सभापतिमा संजीव शर्मा रेग्मीले पिन साेही पदमा यसअघि नै उम्मेदवारी घोषणा गरेका छन् ।