Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कोशिस खड्काको समावेशी प्यानलद्वारा नगर सभापतिमा उम्मेदवारीको घोषणा (प्रतिबद्धता सहित)


  • लुम्बिनी चिन्तन
  • आश्विन ७, २०७८ बिहिवार
  • 3.1K
    SHARES

कोशिस खड्काको समावेशी प्यानलद्वारा नगर सभापतिमा उम्मेदवारीको घोषणा (प्रतिबद्धता सहित)

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको सिद्धार्थनगर नगर सभापतिको लागि युवा नेता कोशिश खड्काको नेतृत्वमा नगर अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।  बिहीबार भैरहवामा खड्काले सभापतिमा उम्मेद्वारी घोषणा गर्दै आफ्नो प्यानल विजयी हुने दावी गरे ।

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन अन्तर्गत सिद्धार्थनगरमा असोज ९ गते हुन गइरहेको नगर अधिवेशनको सभापतिका उम्मेदवार खड्का तथा प्यानलका पदाधिकारीहरुको तर्फबाट उनले १३ बुदे संयुक्त प्रतिवद्धता जनाएका हुन ।

collage (16).jpg

उनले जनता र पार्टीको मर्म अनुसार नगर इकाई समितिहरुलाई सक्रिय गराउने,  अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने, राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति सदा प्रतिवद्ध भई नेपाली कांग्रेसका सम्पूर्ण अभियानहरुलाई नगरबासीसंग जोड्ने प्रतिबद्धता व्यक्त गरे  । खड्काको नेतृत्वमा उपसभापतिमा देवराज न्यौपाने, किरण कुमार घिमिरे, सचिवमा अनिल कुमार केसी , हरिमाया गुरुङ, सह–सचिवमा आदर्श गुरुङ र कृष्ण कुमार चाइले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

collage (15).jpg

२०३४ सालमा जन्मेका खड्का जन्मेदेखि नै कांग्रेस रहेको र मर्दा पनि काग्रेस भएर मर्ने बताए । खेल क्षेत्रबाट देशलाई चिनाउन सफल भएका खड्का नेपाल देशलाई विश्वका विभिन्न देशमा खेलकुदको माध्यमबाट योगदान दिएका छन । १२ औं महाधिवेशन देखि सक्रिय क्रियाशिल राजनीतिको सिपाहीको रुपमा खटिएका खड्का तरुण दल लगायत पार्टीको विभिन्न तह र संयोजनको जिम्मेवारी सफलता पूर्वक सफल गरेको दावी गरेका छन । अनवरत रुपमा पार्टीमा क्रियाशिल र पार्टीले दिएको जिम्मेवारी पुरा गरेका उनले सिद्धार्थनगरमा पार्टीलाई थप सशक्त र मजबूत बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।

collage (17).jpg

खड्काले संस्थापन पक्षको तर्फबाट उम्मेदवारी दिए पनि उनलाई नगर सभापतिका अधिकांश आकाक्षींले समर्थन जनाएका छन । नगर सभापतिका आकांक्षीहरु  लेखनाथ भट्टराई, यम बहादुर थापा, गोविन्द प्रसाद बस्याल गोपाल राजमानभण्डारी लगायतका आकांक्षीले समर्थन जनाएका छन ।  त्यस्तै ८ वटा बुथ सभापति, निर्वाचित नगरका ३ वटा वडा अध्यक्ष लगायतले समर्थन गरेकोले आफ्नो प्यानलको जित सुनिश्चित रहेको सभापतिका उमेद्वार खड्काकाे विश्वास छ । नगर सभापतिका लागि यस अघि संजीव शर्मा रेग्मीले पनि प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।

कोशिश खड्का चुनाव प्रसार समिति, सिद्धार्थनगर, रुपन्देहीका नगर सचिव यम बहादुर थापाको  सभापतित्व, उपसभापति पदका उम्मेदवार देवराज न्यौपानेको संचालनमा भएको घोषणा कार्यक्रममा संविधानसभा सदस्य इस्तियाक अहमद खान, संविधानसभा सदस्य जन्नतुन निशा, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण , दिपक क्षेत्री न्यौपाने, माधवी शर्मा, महेन्द्र कुमार श्रेष्ठ, शुसिल गुरुङ लगायत जनप्रतिनिधि, नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

१३ बुदे प्रतिबद्धता
– राष्ट्रियता, लोकतन्त्र, समाजवादप्रति सदा प्रतिवद्ध भई नेपाली काँग्रेसका सम्पूर्ण अभियानहरुलाई नगरबासीसँग जोड्ने छौं ।
– जनता र पार्टीको मर्म अनुसार नगर इकाई समितिहरुलाई सक्रिय गराउने छौं ।
– जनता र पार्टीको सम्बन्ध अझ प्रगाढ बनाउन विभिन्न अभियानहरु सञ्चालन गर्नेछौं ।
– सिद्धार्थनगर नगरपालिकाका सबै वडाहरुमा पार्टीका भेलाहरु नियमित रुपमा आयोजना गर्ने छौं ।
– नेपाली काँग्रेस सिद्धार्थनगर भित्र रहनु भएका सम्पूर्ण क्रियाशील दाजु–भाई तथा दिदीबहिनीज्यूसँग निरन्तर रुपमा सर सल्ला सहमति सहयोग लिई अगाडी बढ्ने प्रतिवद्धता गर्दछौं ।
– नेपाली काँग्रेस सिद्धार्थनगर भित्र रहनु भएका सम्पूर्ण क्रियाशील महिला, मधेशी समुदाय, मुस्लिम समुदाय, जनजाति, दलित, थारु, खसआर्यन र अल्पसंख्यक समुदायहरुमा सहभागिता, सहकार्य र सहयोग गर्ने प्रतिवद्धता गर्दछौं ।
– सिद्धार्थनगर भित्र रहेका विभेदकारी गतिविधिको अन्त्य गर्ने, अग्रज नेता गणज्यूहरुसँग सहकार्य समन्वय, साथै सरसल्लाह गर्दै सम्बन्धित सरकारी तथा  गैर सरकारी कार्यालयहरुमा प्रत्यक्ष निगरानी, खबरदारी गरी जनता तथा क्रियाशील साथीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता गर्दछौं ।
– सिद्धार्थनगर पालिकाभित्र रहनु भएका सम्पूर्ण क्रियाशील महिला दिदीबहिनीज्यूहरुमा महिलाहरुको अधिकार, नेतृत्व विकास, सहभागिता साथै वहाँहरुले पाउने अधिकारको बारेमा बुलन्द रुपमा माग उठाउने र सम्मान गर्ने प्रतिवद्धता गर्दछौं ।
– यस सिद्धार्थनगर भित्र रहेका नेपाली काँग्रेसका सम्पूर्ण भातृसंघहरु, सुभेच्छुक संघहरुलाई पार्टी प्रति उत्तरदायित्व वहन गर्ने र उर्जाशील बनाउन निरन्तर रुपमा सम्पर्क गर्ने, सहकार्य गर्ने पार्टीका विभिन्न कार्यक्रममा सम्मानजनक सहभागिता गराउने प्रतिवद्धता गर्दछौं ।
– हरेक वडामा लामो समयदेखि नेपाली काँग्रेसमा आवद्ध भई पार्टीलाई सधै आफ्नो मन्दिरको रुपमा पुज्दै आउनुभएका सम्पूर्ण अग्रज नेतागणज्यूहरुलाई पार्टीको आधिकारिक विभिन्न कार्यक्रमहरुमा नागरिक अभिनन्दन गर्ने प्रतिवद्धता गर्दछौं ।
– सिद्धार्थनगर भित्र रहेका सम्पूर्ण वडाका पदाधिकारी (वडाध्यक्ष, सदस्यज्यूहरु) मेयर तथा उपमेयर लगायत पदमा बढीभन्दा बढी प्रतिनिधि जिताउने प्रतिवद्धता गर्दछौं ।
– सिद्धार्थनगर नगरपालिकाको क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायातको प्रबन्ध गर्नका लागि तीनै तहका सरकारहरुसँग पहलकदमी थाल्नेछौं ।
– सिद्धार्थनगर भित्र रहेका १३ वटै वडामा पार्टीको आफ्नै छुट्टै वडा कार्यालय स्थापन गर्न पहल गर्ने छौं ।


लुम्बिनी चिन्तन

थप समाचार