Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

कारबाहीमा परेका लुम्बिनीका २ जना सांसदको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश


  • लुम्बिनी चिन्तन
  • आश्विन ५, २०७८ मंगलवार
  • 806
    SHARES

कारबाहीमा परेका लुम्बिनीका २ जना सांसदको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ — नेकपा एमालेले कारवाही गरेका लुम्बिनीका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दाको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएको हो ।

मुद्दामा सभामुखलले गरेका निर्णयका सक्कल फाइल झिकाउन भने आदेश दिएको छ ।

लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमला वलीलाई  एमालेले कारबाही गरेको थियो । तर, पूर्णप्रसाद घर्तीले कारबाहीको सूचना जारी गर्न आश्विकार गरेपछि घर्तीको निर्णयविरुद्ध एमाले अदालतमा गएको थियो ।  

शाही सूर्य चिन्हबाट उम्मेदवार भएको तर आफ्नै हैसियत पार्टीको सांसदको रुपमा नभएको बताउँदै आएका छन् । वलीले आफू नेकपाबाट चुनाब जितेकाले सर्वोच्चको आदेशपछि ब्यूतिएका एमाले र माओवादी रोज्ने अधिकार भएको बताउँदै आएकी छन् । 


लुम्बिनी चिन्तन

थप समाचार