बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीले मात्र देशलाई तीव्र विकासको वाटोमा अगाडि बढाउन सक्षम रहेको बताएका छन ।
बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई सुशासन र विकासको माध्यमबाट समृद्धी हासिल गराउन सम्भव हुन्छ र समृद्ध नेपाल सुशी जनताको पुरा हुने बताए । गरिबी पछौटेपन, अशिक्षा, वेरोजगारी हटाउनका लागि र देशलाई पूर्वाधारहरुको विकास गर्दे आधुनिक विकसित नेपालमा रुपान्तरित गर्न कम्युनिष्ट नेपालले मात्र सक्ने छरपस्ट रहेको बताए ।
पछिल्ला केही वर्षदेखिको अवस्थालाई हेर्दा मुलुकमा अरु पार्टीहरु असफल भइसकेकाले कम्युनिष्ट नेतृत्वबिना समृद्ध नेपालको सम्भव नरहेको बताए । एमालेमा जस्तो आन्तरिक जनवाद अरु पार्टीमा नरहेको दावी गर्दै ओलीले यसलाई टुक्रयाउन कसैले पनि नसक्ने उनको दावी छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी विभाजन नभई केही स्वार्थी तत्व’हरु मात्र बाहिरिएको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले भने–“एमाले विभाजन गर्न अध्यादेश ल्याइएको तर त्यसले एमाले विभाजन भएको छैन । उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई बैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको दावी गरे । भेलालाई सम्बोधन गर्दै नेता पौडेलले ओली नेतृत्वको सरकारले ल्याएको बजेट सरकारले प्रतिस्थापन गरे पनि पास हुन नसक्ने दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दोहोरो चरित्र देखाएका कारण संसद चल्न नसकेको आरोप लगाए ।
नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी चुनाबपछि पार्टीले आफ्नो बर्चश्व फर्काउने बताए । पार्टी विभाजन भएपनि ठूलो शक्तिका रुपमा अझै एमाले रहेको दावी गर्दै उनले आगामी चुनाबपछि पनि एमाले ठूलो शक्ति रहने बताएका हुन् ।
नेकपा एमाले समाजिक सांस्कृतिक रुपले समाजमा जरा गाढेको पार्टीको भूमिका अर्को कुनै पार्टीले पनि पुरा गर्न नसक्ने उनको दावी छ । उनले पार्टी विभाजन गएर गएका माधव कुमार नेपालले पनि आत्मसमिक्षा गर्नु पर्ने बताए । “यहीँ कुरा माधव कुमार नेपालालज्ई बताउँन सकेनौं । उहाँ आफैले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नु भएन ?“–उनले भने । उनले महाधिवेशनपछि एमाले सांगठनिक रुपमा व्यवस्थित हुने पनि दावी गरे ।
नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताउनुभयो । चुनाव जित्ने हैसियत नभएपछि माधव नेपाल प्रचण्ड–कांग्रेसको शरणमा पुगेको रायमाझीले आरोप लगाउनुभयो ।