Logo
२०८३, कार्तिक ७ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ७ गते

रहेनन् पत्रकार विन्दु चाैहान


  • लुम्बिनी चिन्तन
  • भाद्र ३०, २०७८ बुधवार
  • 508
    SHARES

रहेनन् पत्रकार विन्दु चाैहान

भैरहवा । रुपन्देहीका पत्रकार बिन्दु चौहानको मृत्यु भएको छ। गएराति साढे १२ बजेको समयमा उपचारका क्रममा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)मा निधन भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए। लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान ३ दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । अवस्था गम्भिर भएसँगै युसिएमएसमा रिफर गरिएपनि उपचारकै क्रममा निधन भएको हो । 

चौहान नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा  रुपन्देही शाखाका पुर्व कार्यसमिति सदस्य समेत हुन्। ४५ वर्षिय चौहानका श्रीमती, ४ छोरा र ३ छोरि रहेका छन् । उनको अन्तिम संस्कार स्थानीय कोठि नदिमा गरिने पारिवारिक श्रोतले जनाएको छ। 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले चौहानको निधन प्रति दुखः ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट् गर्दै भनेका छन् – ‘उपचारका लागि अनेक प्रयास गरियो तर बचाउन सकिएन । एउटा असल , स्वाभिमानी र निडर सहकर्मीलाई गुमाएका छौं ।सायद यो भन्दा दुःखद क्षण अरु के होला र? अल बिदा बिन्दु ! तपाईँको भौतिक शरीर हामी माझ नभएपनि तपाईँको लगनशीलता र स्वाभिमानको हामी सबै पत्रकारले सधैँ स्मरण गरिरहने छौं ।’


लुम्बिनी चिन्तन

थप समाचार