भैरहवा । रूपन्देहीकाे भैरहवा रानीगाँउ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले लिक्विड तरल अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएकाे छ ।
कलेजले यस क्षेत्रमा नै पहिलो लिक्विड वा तरल अक्सिजन प्लान्ट यस यु.सि.यम.यस., शिक्षण अस्पतालमा जडान गरी साेमबारबाट संचालनमा ल्याएकाे हाे । भारतमा निर्मित करिब २० मेट्रिक टन ९२० हजार किलाे क्षमताको उक्त प्लान्टको स्थापनाले यस क्षेत्रका विरामीहरु बढी भन्दा बढी लाभान्वित हुने अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।
उक्त प्लान्टको स्थापना पश्चात् अबदेखि यस यु.सि.यम.यस., शिक्षण अस्पतालमा भर्ना भएका विरामीहरुले सहुलियत पुर्ण दरमा शुद्ध अक्सिजन प्राप्त गर्नेछन् भने एकै पटक ठुलो मात्रामा अक्सिजन आवश्यक पर्ने विरामीहरुलाई समेत पाइपलाइनको माध्यमद्धारा आकस्मिक कक्ष, आई.सि.यु., सि.सि.यु., एन.आई.सि.यु., विभिन्न विभाग तथा वार्डहरुमा पुग्ने व्यवस्था मिलाएको गुरुङले भने ।
करिब ६० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको प्लान्टले एकपटक टैंकमा भरिसकेपछि सामान्य अवस्थामा अस्पताललाई करिब १५ दिनसम्म अक्सिजन उपलब्ध गराउन सक्छ । त्यस्तै कोभिड–१९ को महामारी मात्र नभइ आकस्मिक रुपमा हुने कुनै पनि किसिमको बन्द, आम हड्ताल तथा नाकाबन्दीले अस्पतालको क्रियाकलापमा कम प्रभाव पार्ने अस्पतालले विश्वास व्यक्त गरेको छ ।