Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशबाट ७१ जनप्रतिनिधिले गरे नेकपा समाजवादीकाे पक्षमा सनाखत


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०७८ बुधवार
  • 840
    SHARES

लुम्बिनी प्रदेशबाट ७१ जनप्रतिनिधिले  गरे नेकपा समाजवादीकाे पक्षमा सनाखत

भैरहवा । लुम्बिनी प्रदेशबाट ७१ जनप्रतिनिधिले  गरे नेकपा समाजवादीकाे पक्षमा सनाखत गरेका छन । १०९ पालिका रहेकाे लुम्बिनीमा मध्ये ७१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका हुन।  

दल विभाजनसम्बन्धि अध्यादेशअनुसार नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोज्ने समय मंगलबार सकिएकाे छ । 

जसअनुसार सबैभन्दा बढी दाङमा २१ जना स्थानीय तहका प्रतिनिधिले समाजवादी रोज्दा गुल्मीमा कसैले पनि यो दल रोजेनन्। 
एमालेबाट विभाजन भएर खुलेको माधव नेपाल नेतृत्वको समाजवादी रोज्नेको संख्या लुम्बिनीमा भने उत्साहजनक देखिएन।  एमालेका शीर्ष तहका नेताहरुको बाहुल्य रहेको लुम्बिनीमा समाजवादीका प्रभावशाली नेता नहुँदा जनप्रतिनिधि समाजवादी रोज्ने चुनौती लिएनन्। 

एमालेका शीर्ष तहका नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, गोकर्ण विष्टलगायतका नेताहरुको प्रभावका कारण धेरै जनप्रतिनिधि एमालेमै छन्। 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेबाहेक रुपन्देहीमा अरु तहमा नेतृत्वमा रहेका जनप्रतिनिधिले एमाले छाडेनन्। रुपन्देहीका स्थानीय तहका केही वडाध्यक्ष र सदस्यहरु समेत माधव नेपाल पक्षमा खुलेका भएपनि दल रोज्ने समयमा भने नेपालको साथ छाडेका छन्। 

याे पनि रूपन्देहीमा २६ जनाले राेजे नयाँ दल


लुम्बिनी चिन्तन

थप समाचार