Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

महाधिवेशनको तयारीमा जुट्याे रुपन्देही काङ्ग्रेस


  • लुम्बिनी चिन्तन
  • भाद्र १६, २०७८ बुधवार
  • 1.0K
    SHARES

महाधिवेशनको तयारीमा  जुट्याे रुपन्देही काङ्ग्रेस

भैरहवा । नेपाली काङ्ग्रेस रुपन्देहीको १४ औं महाधिबेसनको तयारिमा जुटेकाे छ । पार्टिको १४ औं  महाधिबेसन यहि भदौ १८ गते वडा अधिबेसनसगै सुरु हुँदै छ । 

अधिबेसनको तयारी, निर्वाचन निर्देसिका तथा कार्यबिधी बारे काङ्ग्रेस रुपन्देहिले बुधबार पार्टी कार्यालय भैरहमा जिल्लाका १ सय ५५ वडा सभापती, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । रुपन्देहिमा महाधिवेशनकालागी  केन्द्रिबाट खटिएका निर्वाचन अधिकृत  भेष राज घिमिरेले निर्वाचन समिती अधिबेसनकोलागी तयारिमा लागेको र बिहिबारसम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइएने बताए ।

निर्वाचन समितिले स्थानीय स्तरमा सहकार्य गरि अधिबेसन गरिने र १८  गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताए । काङ्ग्रेस रुपन्देहिका सभापती अब्दुल रज्जाकले जिल्लामा सर्बसम्मत नेतृत्व चयनकोलागी अधिकत प्रर्यत्न गरेने र वडा तहमा खटिने निर्वाचनकर्मिहरुलाइ सहयोग गर्न आग्रह गरे ।

उनले वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा बिबाद रहित तबरले अधिबेसन हुनु पर्नेमा जोड  दिए ।  पुर्ब जिल्ला सभापती रामचन्द्र ढकालले अधिबेसन एउटा पर्व रहेको भन्दै सबैलाइ सक्रियरुपमा सहभागी हुन आग्रह गरे । नेपाली काङ्ग्रेस रुपन्देहिका सचिब रामकृष्ण खाणले सबै  तहका अधिबेशन समयमै सम्पन्न हुने भन्दै लोकतन्त्र बलियो बनाउन काङ्ग्रेस बलियो हुनु पर्ने र त्यसकोलागी वडा तह काङ्ग्रेसको जग भएको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार