भैरहवा । नेपाल जनता पार्टी रुपन्देहीको नयाँ कार्यालय उद्घाटन भई सञ्चालनमा आएको छ । सिद्धार्थनगर ४ सुगरमिल प्लाटिङमा जिल्ला कार्यसमितिको कार्यालय सोमबार एक कार्यक्रमका बीच उद्घाटन भएको हो ।
नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष त्रीभुवन नाथ पाठकले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । एकात्मक मानववाद र संस्कृतिक राष्ट्रबाद पार्टीको मुल दर्शन मुलमन्त्रका साथ स्थापित जिल्ला कार्यालयबाट पार्टीको गतिविधी र कार्यक्रमहरु तय गरी पार्टीको संग्ठन विस्तारलाई जिल्ला भर फैलाउने नेपाल जनता पार्टि जिल्ला अध्यक्ष चन्द्रभान तिवारीले बताए ।
कार्यालय उद्घाटन कार्यक्रममा हिन्दु युवा वाहिनी नेपालका केन्द्रिय प्रवक्ता रामेश्वर भट, पार्टीका महामन्त्री दिपेन्द्र कुमार चौधरी, प्रदेश अध्यक्ष लालमन शाह, उपाध्यक्ष शत्रुभन पंडीत लगायतको उपस्थिती रहेको थियो ।