Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एमालेको महाधिवेशन मंसिर १० गते, १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय

सबै सङ्गठनलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्कन एमालेको निर्देशन


  • लुम्बिनी चिन्तन
  • भाद्र ८, २०७८ मंगलवार
  • 1.2K
    SHARES

एमालेको महाधिवेशन मंसिर १० गते, १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर दोस्रोमा गर्ने भएको छ । माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ललितपुरको बालकुमारी च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सामुहिक फोटो सेसन पछि प्रवक्ता प्रदीप ज्ञवालीले बैठकका निर्णय सुनाउँदै माधवकुमार नेपालसहित नयाँ पार्टी दर्ता गर्न लागेका नेताहरुलाई त्यस्तो गलत कामबाट फिर्ता हुन आग्रह गरे । प्रवक्ता ज्ञवालीले आजको बैठक एकताको बैठक भएको बैठकले निस्कर्ष निकालेको बताए । बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता हुने अघिल्लो दिन एमाले स्थायी कमिटी बैठक बसेको हो । बैठकले माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । प्रवक्ता ज्ञवालीले भने, ‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ । विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।

भीम रावल, घनश्याम भूसाल गोकर्ण विष्टसहितका नेपाल खेमाका नेताहरु यो स्थायी कमिटी बैठकमा सहभागीतासँगै अब औपचारिक रुपमा पार्टी संस्थापन पक्षमा समाहित भएका छन् । 

स्थायी कमिटी बैठकले पार्टीका सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिको संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ । यस्तै दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन, गर्न र विभागहरुको पूर्णता दिन सात सदस्यीय कार्यदल बनाइएको छ । बैठकले  स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

त्यसतै  नेकपा एमालेले सबै सङ्गठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो ।

पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै आजको बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार