Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

प्रतिपक्षी दलको उपस्थिती बिनानै प्रदेशसभा बैठक, मुख्यमन्त्री केसीले लिए विश्वासको मत


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०७८ सोमवार
  • 678
    SHARES

प्रतिपक्षी दलको उपस्थिती बिनानै प्रदेशसभा बैठक, मुख्यमन्त्री केसीले लिए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभाको ९ औं अधिवेशनको पाँचौ बैठकमा केसीले विश्वासको मतको पक्षमा ४२ सांसदले मत पाएका हुन ।

नेपालको संविधानको धारा १८८ को उपधारा १ अनुसार केसीले प्रदेश सभामा पेश गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रतिनिधि सभाको विश्वास रहेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा जानकारी दिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले केसीलाई मत दिएका थिए । तर, प्रतिपक्ष नेकपा एमालेले सदन बहिस्कार गरेका कारण पार्टीका ‍‍‍‍‍‍३७ सांसद मत विभाजनमा उपस्थित भएनन् । प्रदेश सभामा ८० जना सांसदहरु रहेका छन् ।

मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टी जसपाका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन्। नेकपा एमालेका सांसदले दुई सांसदहरू अजय शाही र विमलाकुमारी खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरून्जेल सदन चल्न नदिने बताउँदै सदनमा उपस्थित भएन ।

सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षी दल नेकपा एमालेको उपस्थिती बिनानै बैठक सञ्चालन गरेका थिए । सोमबार  दिउसो साढे एक बजे बसेको बैठकमा एमाले सांसदहरुको विरोधपछि स्थगित बैठक दिउसो साढे २ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले सहभागिता नजनाए पनि संसद सुचारु भयो । उक्त बैठकमा दुई वटा कार्यसूचिमाथि कारबाही गर्दै स्थगित गरिएको बैठक पुनः दिउसो साढे ३ बजेका लागि बोलाइएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार