Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

नेपालकै पहिलो महिला मुख्यमन्त्री बनिन् शाक्य


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०७८ बिहिवार
  • 676
    SHARES

नेपालकै पहिलो महिला मुख्यमन्त्री  बनिन् शाक्य

काठमाण्डाै । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएसँगै  नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बनेकी छन । संविधानको धारा १६८(१) अनुसार बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका हुन्।

बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो।

शाक्यले बुधबारै दुई जना मन्त्री नियुक्त गरेकी छन्। केशव पाण्डेलाई आन्तरिक मामिला तथा भौतिक पूर्वाधारमन्त्री र कृष्ण खनाललाई सामाजिक विकासमन्त्री नियुक्त गरेकी हुन्। यसअघि यी दुवै मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री थिए।

बागमती प्रदेश सभामा कूल १०९ सदस्यमध्ये एमालेका ५५ जना छन्। तीमध्ये माधव नेपालपक्षमा कति सदस्य छन् भन्नेबारेमा स्पष्ट भइसकेको छैन। मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पनि यसअघि नेपाल पक्षमा भए पनि विभाजनका बेला नेपालको साथ छाडेकी थिइन्।


लुम्बिनी चिन्तन

थप समाचार