भैरहवा । नेपाली कांग्रेस महाधिवेशन शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ९ देखि १३ गतेसम्म अधिवेशन गर्ने सहमति जुटाएको छ। यसअघि विभिन्न पाँच चरणमा कार्यतालिका सार्वजानिक गर्दै प्रभावित हुँदै आए पछि कार्यतालिका छैटौ पटक निकालिएको हो।
प्रत्येक चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने कांग्रेस विधानको प्रावधान पार गर्दै थप एक वर्षको गुजारेको पनि ६ महिनाको समयसीमा भदौ २३ गते पूरा गर्दैछ।
नेपालको संविधानको धारा १६९ को उपधारा ४ ‘ख’ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ।
तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिना भित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।
संविधानको यो व्यवस्था भनेको भदौ २३ भित्र नै केन्द्रीय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हो।
यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका
–गाउँ, नगर वडा अधिवेशन २०७८ भदौ १८ गते
– गाउँ, नगरपालिका अधिवेशन २०७८ भदौ २७ गते
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन २०७८ असोज १ गते
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असोज ५ गते
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असोज १० गते
– प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते
– केन्द्रीय महाधिवशेन २०७८ मंसिर ९ गतेदेखि १३ गतेसम्म