Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त


  • लुम्बिनी चिन्तन
  • श्रावण १५, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

बुटवल ।  जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । 

शुक्रबार लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गरी सांसदत्रय सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिले पार्टी अनुशासनविपरीत काम गरेकाले उनीहरूलाई पार्टी सदस्यबाटै निष्कासन गरिएकाले सांसदबाट पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा बिहीबार पत्र दर्ता गरेको थियो ।

यसअघि मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिले मुख्यमन्त्री शंकर पोखरेललाई पार्टीको निर्देशनविपरीत समर्थन कायम राखेर मन्त्री बनेको भन्दै उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । यादव, कल्पना र सन्तोष पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् । 

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै जसपाले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको गरेको थियो । यादव र सन्तोष प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाण्डे समानुपातिक सांसद हुन् । पाण्डे पूर्वराजपा समूहबाट सांसद भएकी थिइन् ।


लुम्बिनी चिन्तन

थप समाचार