Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

जसपाको आधिकारिकताबारे आज निर्णय गर्दै निर्वाचन आयोग


  • लुम्बिनी चिन्तन
  • श्रावण ११, २०७८ सोमवार
  • 1.5K
    SHARES

जसपाको आधिकारिकताबारे आज निर्णय गर्दै निर्वाचन आयोग

काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाको आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।

महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । 

दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ । 

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ । 

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई हिजैदेखि रिसोर्टमा राखेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार